मंगलबार, साउन २६, २०८३

काठमाडौं महानगरपालिकाको बजेट १५ अर्ब ५० करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं  - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ।

महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो। बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले  पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा सबैभन्दा बढि ५१ दशमलव ७४ प्रतिशत बजेट अर्थात् ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन्। त्यसैगरी पूँजीगत सम्पत्ति खर्चमा १ अर्ब ५५ करोड, तलव, पारिश्रमिक र सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय संचालन खर्च ५९ करोड ४३ लाख ५० हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब, ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ। उपप्रमुख खड्गीले प्रस्तुत गरेको सो बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले बढि हो।

बजेटमा जनताको जीवनस्तर, अम्दानी र रोजगारमा बढावा दिने कुरालाई उच्च प्राथमिकता दिइएको छ। उपमेयर खड्गीले गरिवी निवारणमा प्रत्यक्ष योगदान दिने विषयलाई पनि बजेटमा जोड दिइएको स्पष्ट पारिन्। बजेटमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म ६ अर्ब २३ करोड ५७ लाख ९० हजार राजस्व संकलन गरिएको पनि उल्लेख गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।