मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आवश्यक परे प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्छन् : रक्षा मन्त्री

आवश्यक परे प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्छन् : रक्षा मन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आवश्यक परे प्रधानमन्त्रीले सेना परिचालनको निर्णय लिन सक्ने बताएका छन्।

उनले देशमा सेना परिचालन गर्नुपर्ने अवस्था आएमा प्रधानमन्त्रीले तत्काल निर्णय लिन सक्ने बताएका हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत ‘रक्षा मन्त्रालय’ शीर्षकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा परिषदले निर्णय लिन नसकेमा प्रधानमन्त्रीले निर्णय लिने स्पष्ट पारे।

विपक्षी दल नेपाली कांग्रेसले सेना प्रधानमन्त्रीले सेना परिचालनको निर्णय गर्न सक्ने व्यवस्थाले नेपाली सेनाको अधिकार हनन हुने र प्रधानमन्त्रीमा शक्ति केन्द्रिकृत हुने भन्दै यसबारे मन्त्रीसँग जवाफ मागेका थिए। 

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा नीति निर्माण गर्दा सबै पक्ष र राजनीतिक दलको समेत सुझाव लिएर तयार पारिएको र प्रतिरक्षा नीति तयार पार्दा पनि आवश्यकताअनुसार सुझाव लिइने बताए।

उपप्रधानमन्त्री पोखरेलले सरकारले तत्काल बनाएको भन्दा पनि राष्ट्रिय सुरक्षा नीति २०७३–२०७५ सालको विधेयकको आधारमा बनाएको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।