मंगलबार, साउन २६, २०८३

पनिकाको काम अनलाइनमार्फत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ। पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धाङ्कपत्र नतिजा, सिम्बोल नम्बर र परीक्षा केन्द्रजस्ता सबै काम अनलाइनमार्फत गर्न थालेको पनिकाका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। 

पनिकाले http://www.tuexam.edu.np वेबसाइटमार्फत सबै काम गर्न थालेको छ। यस वर्षदेखि पनिकाको वेबसाइटबाट नै सिम्बोल नम्बर र परीक्षा केन्द्र हेर्न सकिनेछ। परीक्षार्थीले आफ्नो त्रिवि रजिष्ट्रेशन नम्बर वेबसाइट रहेको सफ्टवेयरमा राखेपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र थाहा पाउने उनले जानकारी दिए। 

पनिकाले पहिलो पटक वेबसाइटमार्फत यही बुधबारदेखि हुने प्राइभेटतर्फको स्नातकोत्तर तहको राजनीतिकशास्त्र र जनप्रशासन तथा स्नातक तहको परीक्षाका लागि पनिकाले वेबसाइटमार्फत सिम्बोल नम्बर र परीक्षाकेन्द्र हेर्ने व्यवस्था गरेको हो। “यस वर्षदेखि हामी पनिकालाई सूचनामैत्री बनाउन थालेका छौँ”, उनले भने, “विद्यार्थीको  सहजता र प्रविधिअनुसार पनिकालाई लैजान सबै कार्य अनलाइनमार्फत गर्न थालेका हौं।”

उनका अनुसार पनिकाले यसै वर्षदेखि सबै सङ्काय र तहको परीक्षा नतिजा र पाँच क्याम्पसको प्रथम वर्षको परीक्षा फारामसमेत अनलाइनमार्फत भर्न थालेको छ। पनिकाले पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ, पृथ्वीनारायण वहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, कैलाली बहुमुखी क्याम्पस धनगढी र महेन्द्र वहुमुखी क्याम्पस इलाममा पहिलो पटक अनलाइनमार्फत फाराम भर्न थालिएको उनले जानकारी दिए। 

यस्तै पनिकाले लब्धाङ्कपत्र पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। सह–नियन्त्रक अधिकारीले सम्बन्धित क्याम्पसलाई वेबसाइटको पासपोर्ट उपलब्ध गराएर क्याम्पसले आफै नै प्रिन्ट गर्न सक्ने गरी विद्यार्थीलाई लब्धाङ्क पत्र उपलब्ध गराउन थालिएको जानकारी गराए। उनका अनुसार आगामी प्रथम वर्षको नतिजाको लब्धाङ्कपत्र क्याम्पसलाई नै उपलब्ध गराउने गरी काम भइरहेको छ। 

यसैगरी पनिकामा प्रवेश पत्र लिनेको भीड छ। बुधबारदेखि स्नातकोत्तर तह र स्नातक तहको प्राइभेटतर्फको प्रथम वर्षको परीक्षाका लागि विद्यार्थीको प्रवेशपत्र लिन भीड छ। यस वर्ष प्राइभेटतर्फ अन्तिम परीक्षा भनेर धेरै विद्यार्थीले फाराम भरेपछि प्रवेश परीक्षा लिनेको भीड भएको हो। यसवर्ष करिब २० हजार विद्यार्थीले फाराम भरेका थिए। त्रिविले सूचना प्रकाशन गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भरेको थियो। पनिकाले विभिन्न ठाउँमा सिम्बोल नम्बरको आधारमा प्रवेश पत्र दिएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।