मंगलबार, साउन २६, २०८३

हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न ८ जनालाइ पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका–६ माइस्थानस्थित केपी स्वर्णकला केन्द्र सुनचाँदी पसलमा हुण्डी कारोबार भैरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय र आन्तरिक राजश्व कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।

पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका–७ बस्ने ३३ वर्षीय विनोद सुनार, पर्सा छिपहरमाई नगरपालिका–२ बस्ने ३५ वर्षीय राज कपुर साह, पर्सा वीरगंज महानगरपालिका–१० बस्ने २६ वर्षीय चन्दन कुमार सर्राफ, पर्सा वीरगंज महानगरपालिका–६ बस्ने ३७ वर्षीय राकेशकुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका–२ बस्ने २४ वर्षीय सुजित कुमार साह, बारा परवानीपर गाउँपालिका–१ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ, भारत विहार मोतिहारी पूर्वी चम्पारण बस्ने ३६ वर्षीय सुनिल कुमार प्रसाद र भारत विहार मोतिहार नैनपुर बस्ने ३५ वर्षीय गुलाब साह रहेका छन्। 

उनिहरुको साथबाट नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदीसमेत बरामद भएको छ।

प्रहरीले केपी स्वर्णकलाकेन्द्र सुनचाँदी पसल सिल गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।