मंगलबार, साउन २६, २०८३

२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो।

शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका अख्तियारले जनाएको छ।

ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए।

ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।