काठमाडौं- ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ।
महानगरपालिका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को लागि बजेट प्रस्तुत गरेका हुन्।
महानगरले पूर्वाधार विकासमा प्राथमिकता दिएर कुल बजेटको ३९ प्रतिशत रकम विकास बजेटको रुपमा विनियोजन गरेको छ।
पूर्वाधार विकासमा मात्रै २ अर्व ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन भएको छ। महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१।
७४ प्रतिशत अर्थात १ अर्व १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए।
यसैगरी आर्थिक विकासका लागि ७५ करोड ३४ लाख रुपैयाँ छ भने भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ।
त्यसैगरी महर्जनले सामाजिक विकासका लागि १६ करोड ८४ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा लागि १६ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए।
नगरसभाको बन्द शत्रमा छलफलपछि बजेट पारित हुने महानगरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४