मंगलबार, साउन २६, २०८३

विप्लवको विदेश विभाग हेर्ने कार्की पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग हेर्ने नेता नरबहादुर कार्की पक्राउ परेका छन्।

विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा नेता कार्की काठमाडौंस्थित बालुवाटारबाट पक्राउ परेको हो।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले कार्कीलाई पक्राउ गरेको हो।

पार्टीका नेताहरु मारिएपछि सरकारसँग बदला लिने चेतावनी कार्कीले समाजिक सञ्जालबाट दिदै आएकोले पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

कार्की ‘मोटिभेस्नल ट्रेनर’ तथा फिल्म निर्मातासमेत हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।