काठमाडौं- विदेशी विज्ञापन बज्ने सबैजसो विदेशी च्यानलहरु सोमबार र मंगलबार लागि बन्द भएका छन्।
काठमाडौँमा पत्रकार सम्मेलन गरि इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गरिएको जानकारी दिएका हुन्।
सोमबार अपरान्ह ३ बजेदेखि मंगलबार अपरान्ह ३ बजेसम्म सबै च्यानलहरु बन्द रहने भएका छन्। सरकारले बिज्ञापन नियमन गर्ने विधेयकमा बिदेशी टेलिभिजन च्यानल क्लीन फीडको रुपमा प्राप्त हुनुपर्ने र बिज्ञापन बजाउन नपाइने प्रस्ताब गरेपछि व्यवसायीहरु आन्दोलित भएका हुन्।
व्यवसायीहरुले यो ब्यबस्था लागू हुदा आउने परिस्थितिबारे आम उपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रशारण बन्द गर्नुपरेको बताएका छन्।
नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन्। इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात् विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ।
प्रस्तावित विज्ञापन ‘ऐन २०७६’ लागू भए डिजिटल टिभी व्यवसायको अर्वौं रुपैंयाको लगानी डुब्ने व्यवसायीहरुले बताएका छन्। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट पनि नेपाली जनता वञ्चित हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे।
नेपालमा सञ्चालित डिटिए, आइपिटिभी र डिआइटीजस्ता कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ती कम्पनी बन्द हुने र त्यसले अर्वौँको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था सिर्जना हुने जनाएको छ।
भिडियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...