बुधबार, वैशाख १६, २०८३

काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो।
 |  बुधबार, भदौ ९, २०७८

बीबीसी

बीबीसी

बुधबार, भदौ ९, २०७८

काबुल– अफगानिस्तानमा तालिवानले नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो।  

National life

तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि प्रतिबन्ध घोषणा गर्दै ती प्रतिबन्ध उल्लंघन गरे कारबाही गरिने चेतावनी दिएका छन्। ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ। आदेश उल्लंघन गर्नेमाथि कडा कारबाही हुन्छ,’ प्रवत्ता मुजाहिदले भने। 

महिलामाथि हुन सक्ने दुव्य कारण घरभित्र बस्न बाध्य पारिएको उनले बताए। मुजाहिदले विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन आग्रह गरे। उनले भने,  ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन आह्वान गर्छ। हामी उनीहरुलाई विदेश जान दिन्नौं।’ उनीहरुकै सुरक्षाका लागि महिलालाई घरभित्र बस्न भनिएको उनले बताए ।

तालिवान प्रवक्ताले विदेशी सेनालाई तोकिएको समयभित्र देश छोड्नसमेत चेतावनी दिए। अफगानिस्तानमा अलपत्र परेका विदेशी सेनालाई नेटो फौज र पश्चिमा मुलुकका जहाजबाट उद्धार गरी विमानस्थल लैजान सकिने उनको भनाइ थियो। 

प्रकाशित: Aug 25, 2021| 12:24 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।