मंगलबार, साउन २६, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इरान र अमरिकाबीच तिव्र शितयुद्ध बढ्दै जाँदा अमेरिकी परराष्ट्रमन्त्री पोम्पेओले साउदी अरेबीयाको भ्रमण गरेका छन्। अमेरिकी गठबन्धनको अभिन्न मित्र साउदी अरेबीयाले मध्यपूर्वि क्षेत्रीय सन्तुलन कायम गर्न इरानलाई चौतर्फि रुपमा कमजोर पार्नुपर्ने बताउँदै आएको छ।



इरानका लागि अमेरिकी दूत व्रायन हुकले अन्तर्राष्ट्रिय समुदायसँग इरानलाई संयमित भइ शान्तिवार्तामा विनासर्त आउनका लागि दबाब दिन आह्वान गरेका छन्।



दक्षिण भारतीय सहर चेन्नाइ क्षेत्रमा यसवर्षकै उच्च जलसंकट आइपरेको तामिलनाडु राज्य सरकारले बताएको छ।



लेबनानमा रहेका प्यालेस्टाइन शरणार्थीहरुले अमेरिकाको मध्यपूर्व शान्ति नीति एकदमै कमजोर भएको र भरपर्दो क्षेत्रीय सन्तुलन कायम गर्न विशेष ध्यान नदिएको भन्दै अमेरिकी नियोग अगाडि धर्ना दिएका छन्।



अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रवन्ध निर्देशक क्रिस्टिन लेगार्दले व्यापार तथा वाणिज्य क्षेत्रमा शक्तिराष्ट्रहरुको टकरावले कसैलाई पनि फाइदा नपुग्ने बताएकी छन्।


 
कम्बोडियाको एउटा निर्माणाधिन सात तले भवन भत्किँदा मर्नेको संख्या २४ पुगेको छ।



चिनीयाँ तथा बर्मेली प्रहरीको संयुक्त गस्ती टोलीले सयौंको संख्यामा लागु औषधको तस्करीमा संलग्न सीमा वारपारका अपराधिहरुलाई कारबाहीको क्रममा पक्राउ गरी अनुसन्धाज गरिरहेको छ।



इन्डोनेसीयामा ७ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्र बन्दासागरबाट केही भित्र रहेको चिनीयाँ भूकम्प सञ्जाल केन्द्रले बताएको छ।


 
नवनिर्वाचित अष्ट्रेलियालि प्रधानमन्त्री स्टक मोरिसन्ले विजय पश्चात तत्काल औद्योगिक एवम् ट्रेड युनियनसँग सम्बन्धित समस्याहरुलाई हल गर्न ताजा कदम चालेका छन्।



कतारले पाकिस्तानलाई तीन अर्ब अमेरिकी डलर बराबरको लगानी सहयोग गर्न सहमति जनाएको छ। उक्त लगानी निक्षेप तथा प्रत्यक्ष लगानीका माध्ययमबाट पाकिस्तानी अर्थतन्त्रमा वित्तिय टेवा गरिने छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।