काठमाडौं – गुठी विधेयकविरुद्ध काठमाडौंको बसन्तपुर र ललितपुरमा प्रदर्शन गरिएको छ। सरकारलाई विधेयक खारेजीको दबाब दिन प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीले खबरदारी जुलुश प्रदर्शन गर्दै विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। बसन्तपुर क्षेत्रमा विभिन्न ठाउँबाट आएका नेवार समुदायले विधेयक खारेजीको माग गर्दै चर्को नारावाजी गरेका छन्।
सरकारले भने राष्ट्रिय सभामा दर्ता भएको विधेयक यसअघि नै फिर्ता लिइसकेको छ। सरकारले विधेयक खारेजीको तयारीसमेत थालेको छ तर नेवार समुदायले भने विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। यसै सिलसिलामा उनीहरुले काठमाडौंको बसन्तपुर र ललितपुरमा प्रदर्शन गरेका हुन्।
यसअघि गत बुधबार गुठी संस्कृति मास्ने विधेयक संसद्बाटै खारेज गर्नु पर्ने माग गर्दै माइतीघर मण्डलामा विशाल नागरिक प्रदर्शन भएको थियो। सरकारले गुठी मास्ने षडयन्त्र गरेको भन्दै विभिन्न संघ संस्था र गुठीसँग सम्बन्धीत व्यक्तिहरुले बुधबार प्रदर्शन गरेका थिए।
तस्बिर : दयासागर/नेपाल समय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...