मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल मारिनुको कारण एक हप्ताभित्र बुझाउन सरकारलाई निर्देशन

पौडेल मारिनुको कारण एक हप्ताभित्र बुझाउन सरकारलाई निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संसद्को राज्य व्यवस्था समितिले विप्लब समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे एक हप्ताभित्र छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले पौडेल मारिनुको कारणबारे सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको थियो।

समितिले गृह मन्त्रालयलाई छानविन समिति गठन गरी एक हप्ताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

प्रहरी र विप्लब समूहको मुटभेडमा पौडेल असार ५ गते लालबन्दीमा मारिएका थिए। प्रहरीले पौडेलको मृत्यु जबाफी कारबाहीका गरिएको दाबी गरेको छ।

मुडभेडमा मारिएका भनिएका कुमार पौडेलको हात ६-७ ठाउँमा माचिएको भन्दै सत्ता पक्ष र प्रतिपक्ष सांसदले संसदीय समितिमा प्रश्न उठाएका छन्।

पौडेलको मृत्यु संकास्पद रहेको भन्दै नेकपा सांसद जर्नादन शर्माले सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए।

त्यस्तै प्रमुख प्रतिपक्ष कांग्रेसले पौडेलको मृत्युबारे सदनलाई जानकारी गराउन माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।