मंगलबार, साउन २६, २०८३

किन बन्द भए नेपालमा विदेशी टेलिभिजन च्यानल ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आज (सोमबार) दिउँसो ३ बजेपछि नेपालमा विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन्। नेपाल केवल टेलिभिजन संघले सोमबार दिउँसो तीन बजेदेखि मंगलबार दिउँसो तीन बजेसम्मका लागि २४ घण्टा विदेशी टेलिभिजन च्यानलहरु बन्द गरेको हो। 

सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन संघले विदेशी च्यानलहरु नै बन्द गर्ने घोषणा गरेको हो। संघले केहिदिनअघि मात्रै विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्ने गरी सुचना जारी गरेको थियो। संघले टेलिभिजनमा विदेशी च्यानल नचल्दा नेपाली दर्शकमा कस्तो असर पर्दछ भनी देखाउन आज दिउँसो ३ बजेदेखि भोली दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ।

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा जति पनि विदेशी च्यानल छन् ती च्यालनले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख गरिएको छ। अहिले यो ऐन छलफलका लागि संसद्मा पुगेको छ। इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाइसकेको छ। यो प्रावधान लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्नुका साथै आम दर्शकसमेत सञ्चारबाट बञ्चित हुने संघले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।