मंगलबार, साउन २६, २०८३

क्याम्पस तोडफोडको भर्त्सना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालय स्कुल आफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) का क्याम्पस प्रमुख तथा प्रशासनिक भवनमा भएको तोडफोड, आगजनी एवम् क्षतिप्रति पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले भर्त्सना गरेको छ।

नेपाल इन्जिनियरिङ काउन्सिलबाट मान्यता प्राप्त नभएको विषय बिई सिभिल इन्जिनियरिङमा उत्तीर्ण तथा अध्ययनरत विद्यार्थी र बिई इलेक्ट्रोकल विषयका विद्यार्थीले राखेका माग समयमै सम्बोधन नहुँदा क्याम्पसमा तोडफोड भएको थियो।

संघले काउन्सिलको मान्यता यथाशीघ्र प्रदान गर्न सम्बन्धित सबै जिम्मेवार निकायलाई आग्रह गरेको छ। क्याम्पसका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक काम ठप्प भइरहेको अवस्थामा पूर्वाञ्चल विश्वविद्यालयका जिम्मेवार पदाधिकारीलाई यथाशीघ्र समस्या समाधानका लागि संघले अपिल गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।