मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन पुस्तिका बनाउँदै धरान : जनकपुरदेखि पाथिभरासम्म समेटिने

पर्यटन पुस्तिका बनाउँदै धरान : जनकपुरदेखि पाथिभरासम्म समेटिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरीः धरान उपमहानगरपालिकाले पर्यटन प्रचार पुस्तिका  बनाउने भएको छ । धरान स्थानीय सरकार अन्तर्गतको पर्यटन विकास समितिको अग्रसरतामा पर्यटन प्रचार पुस्तिका बन्न लागेको हो ।

धरानमा पर्यटन व्यवसायीहरु बासुदेव बराल, एलिना मगर, फोटोग्राफर राजेश शाक्यलगायत धरानमा विभिन्न पर्यटन पत्रकारहरुको सूचना, तस्बिर र जानकारी समेटेर पुस्तिका तयार हुने पर्यटन समितिले बताएको छ ।

समितिका अध्यक्ष तथा खोकु छिन्ताङ दुख्यो कि जस्तो चर्चित गीत गाएका जन गायक किशोर थुलुङले धरानको पहलमा पर्यटन प्रचार पुस्तिका बने पनि धरानमा मात्रै सिमित नहुने बताए । 

‘हामीले धरानको सांस्कृतिक, धार्मिक देखि साहसिक पर्यटन मात्रै जोडेका छैनौँ सँगैको भेडेटार र नाम्जेको पनि प्रचार गरेका छौँ’, धरानको महेन्द्र बहुमुखी क्याम्पसका आम सञ्चारका प्राध्यापक समेत रहेका थुलुङले भने, ‘पर्यटनको कुरा भनेको सकरात्मक सञ्चार हो जसको लागि हामीले जनकपुरदेखि ताप्लेजुङको पाथिभरासम्म समेटेका छौँ ।’ थुलुङले कोशी कोरिडोरको लागि पर्यटन कार्यालय स्थापना गर्न प्रदेश सरकारले धरान नै तोकेर निर्णय गरिसकेकाले धरान स्थानीय सरकारको तर्फबाट पनि प्रदेशस्तरीय पर्यटन पुस्तिका तयार गरिएको बताए । 

नेपाली र अंग्रेजी दुवै भाषामा आउने पर्यटन प्रचार पुस्तिकाले धरानको खानपान, आवास, मनोरन्जनदेखि धरानलाई आधार बनाएर सडकबाट एकदेखि तीन दिनसम्मको यात्रामा पुग्न सकिने धेरै पर्यटकीय क्षेत्रहरु समेटेको थुलुङले बताए । उनले भने, ‘संभवत स्थानीय सरकारले बनाएको पहिलो पर्यटन प्रचार पुस्तिका प्रदेश १ को यही पहिलो हो ।’

धरानमा भारतीय सीमावर्ती राज्यहरु विहारदेखि पश्चिम बंगाल हुँदै तेश्रो देशका पर्यटकहरुलाई प्याकेज जानकारी दिन पुस्तिका तयार गरेको थुलुङले बताए । 

पुस्तिका तयारमा सक्रिय पर्यटन व्यवसायी बासुदेव बरालले पुस्तिकाले पहिलो पटक धरानको पर्यटन प्याकेजमा धरानका गढीहरुलाई प्रस्तुत गरेको बताए ।

धरान उप महानगरपालिकाकी कार्यवाहक मेयर मन्जु भण्डारीले धरानले प्रदेश १ को पर्यटन क्षेत्रको नेतृत्वको लागि अग्रसर भएकाले प्रदेशस्तरीय पर्यटन प्याकेजको पुस्तिका तयार गरेको बताइन् ।

प्रदेश १ मा धरानमा पहिलो पटक भएको र अब निरन्तर हुने इस्ट टुरिजम मार्टदेखि होमस्टे सम्मका कार्यक्रममा प्रदेशमा धरानले नेतृत्व लिँदै आएको भण्डारीले बताइन । उनले भनिन्, ‘धरान साहसिक पर्यटन, शैक्षिक पर्यटनदेखि सांस्कृतिक पर्यटन सबै क्षेत्रमा प्रदेशका अन्य सहर भन्दा धेरै समृद्ध ऐतिहासिक र पुरातात्विक सहर भएकाले हामीले यो पुस्तिका त्यही ढंगले तयार गरेका छौँ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।