काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा हावाहुरीसहित वर्षा हुन सक्ने बताएको छ। महाशाखाले वर्षासँगै हावाहुरी चल्न सक्ने भन्दै उक्त क्षेत्रका विशेषगरी तराई क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई सतर्क रहन आग्रह गरेको छ।
भारतको उत्तर प्रदेशबाट सुदूरपश्चिम तर्फ घना बादल अगाडि बढीरहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४