मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • द्रूतमार्गको काम तोकिएकै समयमा सम्पन्न गर्न सेनालाई निर्देशन

द्रूतमार्गको काम तोकिएकै समयमा सम्पन्न गर्न सेनालाई निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संसदीय समितिले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ।

संघीय संसदको विकास तथा प्रविधि समितिले सो आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ। 

समितिको सोमबारको बैठकमा सो आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डिपीआर मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नभएकाले सो आयोजनाको पूल र सुरुङ निमाणको कामलाई बढाउन समस्या भएको जानकारी गराएका थिए। आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। उनले मन्त्रिपरिषद् बैठकमा पेश गरेको सो आयोजनाको डिपीआर तत्काल स्वीकृत गरी नेपाली सेनालाई दिन पनि समितिले सरकारलाई सचेत गराएको बताइन्।

बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको लागत र समय दुबै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। 

यता, आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेश गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपीआर स्वीकृतिमा ढिलाई भए सो आयोजनाको पूल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराएका थिए। उनले सुरुङ र पूल निर्माणको कामबाहेक अन्य कामलाई भने दू्रत गतिका साथ अघि बढाइएको जानकारी दिए।

२०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको लागत बढेर पौने २ खर्ब पुग्ने नेपाली सेनाको अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।