मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव इन्चार्ज हत्याबारे गृहमन्त्रीको यस्तो जवाफ (भिडियोसहित)

विप्लव इन्चार्ज हत्याबारे गृहमन्त्रीको यस्तो जवाफ (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव  समुहका कार्यकर्ता कुमार पौडेलको हत्याका विषयमा गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिमा जवाफ दिएका छन् ।

उनले प्रहरीले आत्मारक्षाका लागि गाली चलाउँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले सुरुमा कुमार पौडेलले गोली चलाएको र प्रहरीले आत्मारक्षाका लागि फायर गर्दा कुमार पौडेलको मृत्यु भएको जवाफ दिएका हुन् । 

गृहमन्त्री थापाका अनुसार असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तिमै रहेका बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र  प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा कुमार पौडेलको मृत्यु भएको गृहमन्त्रीको दाबी छ । 

त्यस्तै घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको गृहमन्त्रीले समितिमा बताए । उनले घटना नियोजित नभइ आकस्मिक रुपमा घटेको पनि दाबी गरेका छन् । 

गृहमन्त्रीका अनुसार सर्लाहीको लालबन्दी र हरिवन इलाकामा विप्लव समूहले स्थानीय जनप्रतिनिधीसँग जबरजस्ती चन्दा माग्ने गरेको जनगुनासोको आधारमा प्रहरीले सक्रियता बढाएको थियो ।



प्रहरीले इन्काउन्टर गरेर विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या गरेको आरोप लागेपछि राज्य व्यवस्था समितिका सदस्यहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए। उनीहरुले हत्या नै गर्नुका कारण मागेका थिए । 

समितिको बैठकमा सत्तारूढ दल नेकपाकी सांसद तीर्था गौतमले मान्छे मार्ने काम बन्द गर्न गृहमन्त्रीसँग आग्रह गरेकी थिइन् ।  उनले समिति बैठकमै भक्कानिँदै यो वा त्यो बाहानामा नेपालीलाई मार्ने काम बन्द गर्न आग्रह गरेकी थिइन् । 

उनले गोलीबाट हैन संवादबाट निकास दिन आग्रह गरिन्।  गौतमका पति यदु गौतमलाई माओवादी विद्रोहीले २०५५ साल फागुन २१ नियन्त्रणमा लिएर हत्या गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।