मंगलबार, साउन २६, २०८३

१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको धनगढी उप महानगरपालिका– ७ स्थित पटेला जंगलमा १३ वर्षीया बालिकामाथि सामुहिक वलात्कार भएको छ।

बलात्कारमा संलग्न तिनै जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी– १५ का २४ वर्षिया बिजय चौधरी, सोही ठाउँका ४० वर्षिया झगडु चौधरी र धनगढी उप–महानगरपालिका ७ का कुट्टु चौधरी रहेका छन् । 

शनिवार साँझ घर नजिकै खेली रहेको अवस्थामा मोटरसाईकलमा राखि तीनै जनाले पालैपालो जवरजस्ती करणी गरी वहोस अवस्थामा घर नजिक फालेर फरार भएका थिए । उनीहरुले कसैलाई भने ज्यानमार्ने धम्कि समेत दिएको पीडित बालिकाले बताइन् । 

असह्य पीडा भएपछि पीडितले आफ्नो आमालाई जानकारी गराएपछि आमाले प्रहरीमा जानकारी गराएकी थिइन । उजुरी आएलगत्तै परिचालन भएको प्रहरीले तीनै जनालाइ पक्राउ गरेको छ । 

उनीहरुलाई आईतबार नै कैलाली जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक दक्ष कुमार वस्नेतले जानकारी दिए । बालिकाको सेती अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।