मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • प्रविधि
  • चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

एजेन्सी- चीनको उत्पादन क्षेत्रले आफ्ना कारखाना तथा कार्यस्थलहरूमा रोबोटको प्रयोग बढेको छ। यससँगै रोबोट निर्माण गर्ने कम्पनीहरूले पनि मागमा वृद्धि भएको बताएका छन्। 

इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ। फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै काम गरिसकेको छ।

यसबाहेक, अन्य रोबोटहरूलाई कारखानामा सामान लोड गर्ने, छनोट तथा विभिन्न पार्टपुर्जा जोड्ने जस्ता काममा प्रयोग गर्न थालिएको छ।

झेजियाङ निङ्बो जोइसन लिङ्सी इन्टेलिजेन्ट टेक्नोलोजीका महाप्रबन्धक लेई सियोङ भन्छन्,‘्हाम्रा रोबोटहरूले कारखानाहरूमा काम गर्न थालिसकेका छन्। उदाहरणका लागि, तिनीहरूले सामान लोड तथा अनलोड गर्ने, सामान छाँट्ने र विभिन्न पार्टपुर्जा जोड्ने काम गरिरहेका छन्। उनीहरूले अब साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गर्न थालिसकेका छन्।’

रोबोट तथा रोबोटका पार्टपुर्जा निर्माण गर्ने कम्पनीहरूले पनि बढ्दो माग पूरा गर्न आफ्नो उत्पादन क्षमता बढाउने प्रयास गरिरहेका छन्।

शेन्जेनस्थित उक्त कम्पनीले ह्युमानोइड रोबोटका जोइन्टका लागि आवश्यक पार्टपुर्जा निर्माण गर्छ। कम्पनीका अनुसार, यस वर्षका लागि उनीहरूसँग हालै १० लाखभन्दा बढी युनिटको अर्डर सुनिश्चित भइसकेको छ।

शेन्जेन लिङछियाओ ड्राइभ एन्ड कन्ट्रोल टेक्नोलोजीका महाप्रबन्धक गे पेङयाओका अनुसार यस वर्ष एक दर्जनभन्दा बढी ग्राहकले अर्डर सुनिश्चित गरिसकेका छन्। 

मर्गन स्ट्यान्लीले हालै गरेको अनुमानअनुसार, चीनको ह्युमानोइड रोबोट बजार यस वर्ष दुई अर्ब अमेरिकी डलर पुग्नेछ र सन् २०३० सम्ममा बढेर १५ अर्ब अमेरिकी डलर पुग्नेछ।  (सीसीटीभीप्लस)

प्रकाशित: Aug 11, 2026| 05:41 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्