शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • प्रविधि
  • एनसेलद्वारा आइफोन १८ का खरिदकर्ताका लागि विशेष बन्डल प्याकेज सार्वजनिक

एनसेलद्वारा आइफोन १८ का खरिदकर्ताका लागि विशेष बन्डल प्याकेज सार्वजनिक

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। असोज १५ गते सार्वजनिक गरिएको यो अफर एनसेलका विद्यमान प्रयोगकर्ताका साथै नयाँ एनसेल सिम लिने ग्राहकहरूका लागि उपलब्ध गराइएको छ।

यस योजनाअन्तर्गत आइफोनका उल्लिखित नयाँ मोडलहरू खरिद गर्ने ग्राहकहरूले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएसका साथै प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रिप्सन सुविधा प्राप्त गर्नेछन्। अफरको शर्त अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जना ग्राहकले यी सुविधाहरू तीन महिनासम्म निःशुल्क रूपमा उपभोग गर्न पाउनेछन्। त्यसैगरी आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकलाई भने कुनै अतिरिक्त शुल्कबिना नै छ महिनासम्मका लागि सोही सुविधाहरू उपलब्ध गराइनेछ।

नयाँ अफरबारे खुसी व्यक्त गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा ग्राहकलाई भरपर्दो कनेक्टिभिटी र व्यावहारिक मूल्य प्रदान गर्न पाउँदा उत्साहीत भएको बताउनुभयो। उहाँले प्रिमियम डिभाइससँग गुणस्तरीय मोबाइल सेवालाई जोडेर ग्राहकहरूको डिजिटल जीवनशैली, सञ्चार र मनोरञ्जनलाई अझ सहज एवं फलदायी बनाउने एनसेलको प्रतिबद्धता रहेको धारणा व्यक्त गर्नुभयो।

प्रकाशित: Oct 02, 2026| 11:06 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्