आज असार ८ गते आइतबारका दिन विश्वभर भएका प्रमुख घटनाहरु थाहा पाउनुहोस्।
१. अमेरिकाद्वारा इरानमाथि साइबर हमला भएको एक प्रतिवेदनले देखाएको छ। उक्त हमला इरानी क्षेप्यास्त्र नियन्त्रण प्रणालीलाई कमजोर पार्न गरिएको पेन्टानगले बताएको छ।

२. इथियोपियाका सेना प्रमुखलाई आफ्नै सुरक्षागार्डले हत्या गरिदिएका छन्।

३. भारत प्रशासित जम्मु कास्मिरका राज्यपालले पृथकतावादी हुरियत दलका नेताहरु वार्ताका लागि तयार भएको जनाएका छन्। यो घटना जम्मु कास्मिरमा विस्तारै शान्ति प्रक्रियाको लहर बढ्दै गएका कारण सम्भव भएको हो।

४. भारतको राष्ट्रिय ध्वजाबाहक हवाई कम्पनी एयर इन्डियाका क्याप्टेन अस्टे«लियाको राजधानी सिड्नीमा एक पसलबाट सामान चोरीको आरोमा कारबाहीमा परेका छन्। एयर इन्डियाले उनलाई निलम्बन गरेको छ।

५. श्रीलंकाली राष्ट्रपतिले शासकीय सुधारका लागि आफू तयार रहेको बताएका छन्। उनले सबैखाले अथिस्रतावादी तत्वलाई नियन्त्रण एवम् नियमन गर्ने बाचासमेत गरेका छन्।

६. पाकिस्तानी सैन्य प्रमुखले आतंकवादलाई परास्त गर्न कुनै कसर बाँकी नराखिने बताएका छन्। उनका अनुसार यस कामका लागि राजकीय शक्ति एवम् साधन स्रोतको प्रचुर मात्रामा उपयोग गरिने छ।

७. उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक पत्र प्राप्त गरेका छन्। उक्त पत्रमा दुई देशबीचको विभिन्न चरणमा भएको शान्ति वार्ताप्रति गम्भीर हुन र विश्व शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्न उनलाई आह्वान गरिएको स्रोतको दाबी छ।

८. आसियान नेताहरुको ३४ औं शिखर सम्मेलन थाईल्याण्डको राजधानी बैंककमा समापन भएको छ। क्षेत्रिय शान्ति आर्थिक क्षेत्रमा साझेदारी एवम् वर्तमान विश्वका सबै खाले रणनैतिक विषहरुमा साझेदारी गर्दै जाने आसियानको घोषणामा उल्लेख छ।

९. बेलायती प्रधानमन्त्रीका एक दाबेदार बोरिश जोनसन प्रहरीद्वारा सोधिएका प्रश्नहरुको उत्तर दिनुपर्ने दबावमा परेका छन्। यस घटनाले बोरिशलाई बेलायतको प्रधानमन्त्रीको दौडमा सामाजिक, राजनीतिक दबाबका कारण कमजोर बनाउने विज्ञहरुले बताएका छन्।

१०. अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मे खलिलजादले अमेरिका र तालिबान दुबै जिम्मेवार भएर हाल जारी युद्धको निर्णायक अन्त्य गर्नुपर्ने बताएका छन्। निकट भविस्यमै दुई पक्षबीच रणनीतिक वार्ता हुने र अमेरिकाले झण्डै दुई दशक लामो अफगान युद्ध अन्त्य गर्ने वातावरण बन्दै जाने उनले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४