काठमाडौं- नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बैचारिक रुपमा क्लियर (स्पष्ट) नहुने पार्टी रहन नसक्ने बताएका छन्।
डेनमार्कमा ३३ देशका कांग्रेस सम्पर्क समितिका नेताहरुलाई प्रशिक्षण दिने क्रममा निधिले नेपाली कांग्रेसका नेताहरुलाई बैचारिक रुपमा स्पष्ट हुन आग्रह गरे।
‘प्रशिक्षण प्रतिष्ठानको हैसियतले हेर्ने हो भने कुनै पनि देशको विकास त्यस देशको प्रणाली उपयुक्त छ भने हुन्छ।’ निधिले भने, ‘राजनीतिक दल बैचारिक रुपमा सुशजित्त छ भने मात्र दल रहन्छ।
नेपाली कांग्रेसले आफूलाई एतिहासिक गौरब बोकेको पार्टी भन्छौं। नेपाली कांग्रेस बैचारिक रुपले सुसज्जित हुनु पर्छ। परिवर्तन पछि हामी क्लियर हुनु पर्छ। हामी बैचारिक रुपमा क्लियर र कमिटेट हुँदैनौं भने शान्ति र सम्बृद्धिको यात्रा गर्न सक्दैनौं।’
यसैबीच, निधिले संघीयतालाई र स्थानीय निकायलाई कमजोर बनाउने काम सरकारले गरेको आरोप लगाएका छन्। ‘राजनीतिक रुपमा धेरै काम गर्न बाँकी छ। कम्युनिष्टले संघीयता र बहुदलिय व्यवस्थामा विश्वास गर्दैनौं।’
निधिले भने,‘अहिलेका प्रधानमन्त्री हाकाहाकी भन्नु हुन्छ, संघीयता हामीले रोजेर ल्याएको विषय होइन। गणतान्त्रको बारे पनि अहिलेको प्रधानमन्त्रीको अभिव्यक्तिहरु पहिलेको र अहिलेको हेर्ने हो भने एक रुपता छैन।’
संघीय लोकतान्त्रिक गणन्त्रमाथि सत्ताबाटै खतरा रहेको दाबी गर्दै निधिले भने,‘अहिले जनवादी केन्द्रीयता तिर देश जाँदैछ।’ डेनमार्कमा जारी प्रशिक्षण कार्यक्रम आइतबार सकिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४