मंगलबार, साउन २६, २०८३

प्रहरी र प्रदर्शनकारी बीच गौशालामा झडप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बौद्धस्थित समता अस्पतालकी कर्मचारी विमला तामाङका आफन्तमाथि प्रहरी हस्तक्षेप भएको छ। 

विमलाको शव केही दिनअघि अस्पतालमा झुन्डिएको अवस्थामा फेला गरेको थियो। आफन्तले उनको हत्या भएको आरोप लगाउँदै आएका छन्। 

उनीहरूले आइतबार हत्यारामाथि कारबाही माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा घेराउ गरेका छन्। सो क्रममा प्रहरीले बल प्रयोग गरेको हो। 

प्रदर्शनकारीले प्रहरी चौकी तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरी परिसर काठमाडांैका प्रवक्ता हबिन्द्र बोगटीले जानकारी दिए। 

अस्पतालमा सरसफाइको काम गर्ने रामेछाप दोरम्बाकी २७ वर्षीया तामाङको शव शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो। 

विमलाका आफन्तले उनको हत्या अस्पतालका कर्मचारीले नै हत्या गरेको आरोप लगाएका छन्। 

आफन्तको किटानी जाहेरीपछि बौद्ध प्रहरीले अस्पतालका तीन कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।