मंगलबार, साउन २६, २०८३

बाबुरामको प्रवेशपछि राजपा–समाजवादी एकता के होला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सत्तारुढ समाजवादीबीच एकीकरणको चर्चा पुनः चलेको छ। नयाँ शक्तिका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र समाजवादीबीच एकता भएपछि राजपासँगको एकता प्रकियाले गति लिन सकेको छैन। 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाको वार्ता समितिका संयोजक राजेन्द्र महतोबीच पछिल्लो पटक भएको भेटवार्तापछि एकीकरणको चर्चा चलेको हो।

जनकपुरधामस्थित होटल शिताशरणमा यादव र महतोबीच भएको छलफलमा एकताको चर्चा चलेको छ। करिब तीन घण्टासम्म दुबै नेताबीच भएको छलफलबारे औपचारिक जानकारी दिन दुबै नेताले अस्वीकार गरेका छन्।

तर, पार्टी एकीकरणका विषयमा छलफल भएको दुबै दलका नेताहरुको दाबी रहेको छ।छलफलको पहिलो एजेण्डामा प्रदेश २ को सरकारलाई सफल बनाउने विषय रहेको थियो। जसमा दुबै नेताले सहमति जनाएका छन्। 

प्रदेश २ मा राजपा र समाजवादीको संयुक्त सरकार छ। त्यसकारण उक्त सरकारलाई सफल बनाउन दुबै पार्टी लागिपरेका छन्।

महतो र यादवबीचको छलफलमा दोस्रो एजेण्डा थियो, रोकिएको पार्टी एकीकरण प्रक्रियालाई अगाडि बढाउने।

यसअघि पार्टी एकीकरणबाट उपेन्द्र यादव नै बारम्बार भागेको राजपा नेताहरुको आरोप छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दलहरु मिलेर राजपा गठन हुँदा उपेन्द्र यादव एकीकरणमा सहभागी हुन अस्वीकार गरेका थिए।

त्यसपछि पनि राजपा र उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकीकरणका लागि छलफल अगाडि बढेको थियो। दुबै दलले वार्ताका लागि गरेको आह्वानको पत्रसमेत सार्वजनिक भएको थियो।
तर, पछि उपेन्द्र यादवले सरकार छोड्न अस्वीकार गरेपछि वार्ता रोकिएको छ।

समाजवादी पार्टी स्रोतका अनुसार संघीय सरकारको बजेट पारित भएपछि समाजवादी पार्टीले सरकार परित्याग गर्ने रणनीति बनाएको छ। जस अनुसार समाजवादीले संविधान संशोधन, संघीयताको पुर्नसंरचना लगायतका विषयमा आन्दोलन अगाडि बढाउने छ।

मुख्य जनाधार भएको मधेशमा समाजवादी एक्लैले आन्दोलन गर्न सक्ने अवस्था नदेखेपछि राजपासँग रोकिएको एककीकरणको प्रक्रिया अगाडि बढाएको बुझिएको छ।
राजपासँग एककिरणका लागि समाजवादी पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई पनि सक्रिय छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।