मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश : प्रतिपक्षीसँग डराएर प्रदेशसभा पटकपटक स्थगित 

गण्डकी प्रदेश : प्रतिपक्षीसँग डराएर प्रदेशसभा पटकपटक स्थगित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गर्ने डरले गण्डकी प्रदेशसभा बैठक पटकपटक स्थगित भइरहेको छ।

आइतबारलाई बोलाइएको प्रदेशसभा बैकठ पनि विनाकारण स्थगित गरिएको हो। बैठक स्थगित गर्ने कारण भने ‘कारणबश’ भनिएको छ।

यसअघि असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक बोलाइएको थियो। आज भने अर्को सूचना नआएसम्मका लागि भन्दै स्थगित गरिएको छ।

आज दिनको १२ बजेका लागि तोकिएको प्रदेशसभाको बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट वक्तव्यमा समावेश कतिपय कार्यक्रम विनियोजन विधेयकमा समावेश नभएको तथा कतिपय कार्यक्रम दोहोरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले असार ६ गतेको बैठक शुरु नै नगरी स्थगन गरेका थिए।

सोे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो दिन सभामा प्रस्तुत गरेको विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।