मंगलबार, साउन २६, २०८३

'नेपालको ऋण दक्षिण एसियामै थोरै'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको ऋण दक्षिण एसियामै सबैभन्दा कम रहेको दाबी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको उत्तर दिँदै उनले भूकम्पका कारण ऋण बढेको स्पष्ट पारे ।

उनले भूकम्पका कारण लिएको ऋण जनतालाई अनुदानमा दिएका कारण पनि ऋणको भार बढी देखिएको बताए । मन्त्री खतिवडाले भने, ‘ऋण लिँदैमा आत्तिन पर्दैन । ऋणको सदुपयोग गरेर उत्पादन वृद्धि गरी निर्यात बढाउन सकिएमा ऋण सहजै तिर्न सकिन्छ।’

पछिल्लो सममा संयुक्त राष्ट्रसंघले २०३० सम्मका लागि लिएको दिगो विकास लक्ष्य प्राप्तिका लागि कुल गार्हस्थ उत्पादनको ५५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भएकाले पनि ऋण लिन जरुरी भएको दाबी मन्त्री खतिवडाले गरे ।

अर्थमन्त्री डा.खतविडाले दाताले पनि ऋण लिनका लागि नेपाल बिस्तारै सक्षम हुँदै गएको र बिस्तारै अनुदान रकम कटौती हँुदै गएको निष्कर्ष निकालेकाले यसमा हामी खुसी हुनुपर्ने बताए ।

त्यस्तै उनले बजेटमा उठेका प्रश्नहरुको जबाफमा अर्थ मन्त्रालयले वित्त आयोगको सूत्रअनुसार नै बजेट तयार पारेको स्पष्ट पारे । बजेट संघीयताको मर्मअनुसार नै ल्याइएको दाबी उनको थियो ।

 उनले एक खर्बभन्दा बढी आयोजना तराई क्षेत्रमा भौतिक योजना तथा निर्माण मन्त्रालय र ऊर्जा मन्त्रालय अन्तर्गत परेकाले बजेट कम भएको गुनासो नगर्न सांसदलाई आग्रह गरे ।

उनले बजेटले आर्थिक वृद्धि र वितरणमुखी दुईधारे नीति लिएको स्पष्ट पार्दै वितरणमुखी नीति नलिएमा जनतामा पनि निरासा उत्पन्न हुने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्