मंगलबार, साउन २६, २०८३

ट्रम्पले किमलाई पठाएको गोप्य पत्रमा के छ ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

किमले त्यो पत्रलाई "गजब"को भन्दै प्रशंसा गरेको र त्यसमा रहेको "चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने" आशय व्यक्त गरेको समाचारसंस्था केसीएनएले जनाएको छ।

उनले ट्रम्पको "असाधारण साहस"को पनि प्रशंसा गरेका छन्। जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई "एउटा सुन्दर चिठी" पठाएको ट्रम्पले बताएका थिए।

अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन। त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।

अवरुद्ध वार्ता

गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुन पुगेको हो।

तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणुनिरस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुन: सुरु हुन सक्ने आशा बढेको छ।

सोलस्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन् ट्रम्प र किमबीच भियतनाममा वार्ता विफल भएपछि अहिले केही प्रगति भएको देखिएको छ।

उनी भन्छिन् अहिलेको समय पनि महत्त्वपूर्ण छ किन भने अर्को साता ट्रम्प दक्षिण कोरियाली नेता मुन जे-इनलाई भेट्न सोल भ्रमणमा जाँदै छन्।

अडान

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गरोस् भन्ने अमेरिकाको चाहना छ। प्योङ्याङ चाहिँ आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने अडानमा छ।

केही समययता ट्रम्पले किमबारे राम्रा टिप्पणी गरेका छन्।यसै महिनाको सुरुमा उनले किमको नेतृत्वसँग प्रचुर सम्भावनाहरू रहेको बताएका थिए।

मे महिनामा जापान भ्रमणका बेला ट्रम्पले किम "एकदमै चलाख व्यक्ति" भएको बताउँदै उनले उत्तर कोरियाबाट "धेरै राम्रा कुराहरू निस्कने" अपेक्षा गरेको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।