रुपन्देही- पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना–६ कलौनेमा बसले मोटरसाइकललाई ठक्करदिदा २ जनाको मृत्यु भएको छ।
मृतक दुबै जना मोटरसाइकलमा सवार रहेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेर मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव चिन्न सकिने अवस्थामा नरहेकाले सनाखत गर्न समस्या परेको प्रहरीले बताएको छ । दुई जनाकै शव लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४