मंगलबार, साउन २६, २०८३

विरामी लिन गएको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
 
बिरामी लिन खुर्कोटबाट मन्थलीतर्फ जाँदै गरेको बा २ च ७५२५ नं को एम्बुलेन्स दुर्घटना हुँदा चालक नीरबहादुर श्रेष्ठको मृत्यु भएको हो । सिन्धुली खुर्कोटका २२ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन् । सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठको अवस्था गम्भिर भएपछि अहिले सिन्धुलीबाट थप उपचारका लागी धुलिखेल अस्पताल लगिएको छ ।
 
एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुली भएको प्रहरीले बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।