मंगलबार, साउन २६, २०८३

९ हजार पदका लागि साढे २ लाखको आवेदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बनेपनि आवदेन दिनेको संख्या भने अत्याधिक देखिएको छ ।

९ हजार १ सय पदका लागि खुलाइएको विज्ञापनमा शनिबार बेलुकासम्ममा साढे २ लाख बढिले आवेदन भरेका छन् । 

असार ३ गतेसम्म फाराम भर्ने मिति तोकिएकोमा अनलाइन फाराम भर्न केही समस्या आएपछि आयोगले असार १० गतेसम्मका लागि अवधि थप गरेको छ । अन्तिम समयमा आयोगको अनलाइनले काम नगरेपछि म्याद थपिएको हो । 

शनिबार साँझसम्म दुई लाख ५५ हजार ७२६ परीक्षार्थीले अनलाइन फाराम भरेका छन् । जसमध्ये दुई लाख ५२ हजार ७६३ खुला, ६१ हजार ८०० महिला, २७ हजार ५०४ जनजाति आदिवासी, १६ हजार २५२ मधेसी, एक हजार ९७४ दलित, १०२ अपाङ्गता भएका र ८३ पिछडिएको क्षेत्रबाट फाराम भरेको जानकारी आयोगका प्रवक्ता किरणराज शर्माले दिए । 

आयोगको विज्ञापनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । विज्ञापन खारेज गर्नु पर्ने र विज्ञापन कायम गर्नु पर्ने मागसहित परेका छुट्टा छ्ट्टै निवेदनलाई एकै ठाउँमा राखेर हेर्ने तयारी गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।