मंगलबार, साउन २६, २०८३

भारत विजयी, अफगानिस्तानको लगातार छैठौं हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार छैठौं हार ब्यहोरेको छ । शनिबार भारतसँग भएको खेलमा ११ रनले पराजति हुँदै अफगानिस्तानले प्रतियोगितामा लगातार छैठौं हार ब्यहोरेको हो । 

भारतले दिएको २ सय २५ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय १३ रन बनाउन सक्यो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ५२  रनको अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । उनले ५५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन जोडेका हुन् । त्यस्तै रहमत शाहले ३६ रन जोडे । उनले ६३ बलमा ३ चौका प्रहार गर्दै ३६ रन जोडेका हुन् । 

कप्तान गुल्बदिन नाइबले २७, हस्मतुल्लाह शाहिदी र नाजिबुल्लाह जाड्रानले समान २१-२१ तथा राशिद खानले १४ रन जोडे । भारतका लागि मोहमद सामीले चार तथा हार्दिक पाण्डेय, युजेन्द्र चाहल र जसप्रित बुम्राहले समान दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकट गुमाउँदै २ सय २४ रन जोडेको थियो । भारतका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । ओपरन ब्याट्सम्यान रोहित शर्मा १ रनमा पेभिलियन फर्के पछि मैदान प्रवेश गरेका कप्तान कोहलीले ६७ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

उनले ६३ बलमा ५ चौका प्रहार गर्दै ६७ रनको योगदान दिए । कोहलीले दोस्रो विकेटका लागि अर्का ओपनर ब्याट्सम्यान केएल राहुलसँग ५८ रनको साझेदारी गरेका थिए । राहुल ५३ बलमा २ चौका प्रहार गर्दै ३० रनमा पेभिलिएन फर्किए ।

त्यस्तै केदार जाधवले अर्धशतकीय पारी खेले । उनले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५२ रनको अर्धशतकयि पारी खेलेका हुन् । विजय शंकरले ४१ बलमा २ चौका सहित २९ रन जोड्दा महेन्द्र सिंह धोनीले ५२ बलमा ३ चौका सहित २८ रन जोडे ।

अफगानिस्तानका लागि मोहम्मद नाबी र गुल्बादिन नाइबले दुई दुई विकेट लिए । त्यस्तै मुजिव उर रहमान, राशिद खान, अफताब आलम र रहमत शाहले एक एक विकेट लिए । यसजितसँगै भारतले पाँच खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अफगानिस्तान भने प्रतियोगितामा जित विहिन हुँदै अंक तालिकाको पुछारमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।