मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक छ : नेता विडारी

राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक छ : नेता विडारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दलका नेता राम नारायण विडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताएका छन्।

थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी व्यक्तित्व रुपचन्द्र बिष्टको २० औ स्मृति दिवसको अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले रुपचन्द्रले  परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमुल भिन्नता भएको बताएका हुन्।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय ‘छुल्याईँ’’ लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुदै गएको बताए।

उनले भने, ‘रुपचन्द्रले राजनीतिको व्याख्या गरे। राज्इका जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति। अहिले हामीले राजनीति के भन्छौ रे ? गाउमा छुल्यार्ई र बठ्याई गर्यो भने हेर, त्यो रामेले कस्तो राजनीति गरेछ यार। हामी त्यहाँ पुग्यौँ।’

कार्यक्रममा उनले विष्टले व्याख्या गर्ने गान्धीवाद र माक्र्सवादको पनि चर्चा गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।