मंगलबार, साउन २६, २०८३

चराको खोजीमा डाँडातिर (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शनिबार नेपाली क्यालेन्डरमा बिदाको दिन। शनिबारको दिन रमाइलो गर्ने, साथीभाइलाई भेट्ने तथा घरपरिवारलाई समय दिने प्रायको ‘रुटिन’ हुन्छ।

तर काठमाडौंका केही तन्नेरीहरुको भने अनौठो सोख छ। प्रत्येक शनिवार हातमा क्यामरा, दुरबिन अनि नेपालमा पाईने चराहरुको विवरण भएका किताब समातेर नजिकैका डाँडाहरुमा चराहरूको अध्ययन गर्दै शनिबारको दिनलाई सदुपयोग गर्ने गर्छन्।

२०/२५ जना युवा युवतीलाई  ३/४ वटा समूहमा बिभाजन गरी, प्रत्येक समुहमा एकजना चराविज्ञ राखेर उनीहरूलाई चराका आवाजको मदतले चरा चिनाउँदै काठमाडौं नजिकैका डाँडाहरु घुमाउने गरिन्छ। नागअर्जुन, शिवपुरी, गोदावरी, बोसन डाँडा, चोभार लगायतका डाडाँहरूमा प्रकृतिलाई नजिकैबाट चिनाउँदै, आफ्ना अनुभवहरू साट्दै, शनिवारको दिनलाई सदुपयोग गर्दा रहेछन्।

यहाँ आउने  प्राय युवायुवतीहरू कोही जूलोजी, बोटानी, इन्भाएरोमेन्टल फोटोग्राफीका विद्यार्थी छन्।

यसको मुख्य लक्ष्य, अहिलेका युवायुवतीलाई नेपालमा पाईने चरा, बनस्पति लगायतलाई प्रत्यक्ष रूपमा चिन्न र बुझ्नुको साथै ब्यस्त दैनिकीबाट हप्तामा एकदिन भए पनि शाररिक तथा मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्ने भन्ने रहेको चराविज्ञ बिमल थापा, आर्यन भान रिसेन तथा जय भण्डारी बताउछन्।







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।