काठमाडौं :पहेलो धातु (सुन) दैनिक रुपमा एक हजारका दरले बढ्न थालेको छ । शुक्रबार सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजारमा कारोबार भएको थियो ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो।२०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो। अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ६३ हजारमा कारोबार भएको थियो। एकदिनमा नै एक हजार रुपैयाँले बढेको घटना पनि यो पहिलो हो।
सुनको मूल्य नेपालमा नभएर अन्तर्राष्ट्रिय स्तरमा निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य घटेमा नेपालमा पनि घट्ने र बढेमा नेपालमा पनि बढ्ने गरेको संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए।
सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा पनि सुनलाई निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरिएको छ। पछिल्लो समयमा लगातार सुनको मूल्य बढेको छ। २० दिन यतामात्र सुनको मूल्यमा ४५ सय रुपैयाँले वृद्धि भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४