मंगलबार, साउन २६, २०८३

वार्नरले गरे कोहलीको कीर्तिमानीसँग बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले दुई शतक प्रहार गरेका छन्। उनले दुई शतक पुरा गरेसँगै भारतका कप्तान विराट कोहलीको कीर्तिमानीसँग बराबरी गरेका छन्।
 
वार्नरले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो १६ शतक पुरा गर्ने कोहलीसँगको कीर्तिमानी बराबरी गरेका हुन्। यससँगै एकदिवसीय क्रिकेटमा कोहली र वार्नर छिटो १६ शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।
 
वार्नरले बंगलादेशविरुद्धको खेलमा १६६ रनको शतकीय पारी खेल्दै ११० पारीमा १६ शतकको आँकडा पुरा गरेका हुन्। यसअघि कोहलीले पनि ११० एकदिवसीय खेल खेल्दै १६ शतकको आँकडा पुरा गरेका थिए। तर, यस रेकर्डमा भने दक्षिण अफ्रीकाका हसिम अमला पहिलो स्थानमा छन्। उनले मात्र ९४ पारीमा १६ शतकको आँकडा पार गर्दै उक्त कीर्तिमानी आफ्नो नाममा राखेका छन्।
  
वार्नरले जारी विश्वकपमा आफ्नो पहिलो शतक पाकिस्तानविरुद्ध पुरा गरेका थिए। त्यस्तै वार्नरले अफगानिस्तानविरुद्ध ८९ रनको पारी खेलेका थिए। वार्नर जारी विश्वकपमा सर्वाधिक स्कोरकर्ताको पहिलो स्थानमा छन्। उनले ६ खेल खेल्दै २ शतक र २ अर्धशतक प्रहार गर्दै ४४७ रन पुरा गरेका छन्। त्यस्तै अष्ट्रेलियाकै आरोन फिन्च दोस्रो स्थानमा रहेका छन्। उनले समान ६ खेलमा ३९६ रन जोडेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।