धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सासंदहरुले रातो किताब जलाएका छन्। प्रदेश सभाको गेटमै सासंदहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै रातो किताव जलाएका हुन्।
सासंदलाई समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट ल्याएको भन्दै रातो किताब जलाइएको हो। बिहीबार दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैठकमा समेत कांग्रेसले अवरोध श्रृजना गरेको छ। कांग्रेसले अवरोध गरेपछि ८ गते सम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४