मंगलबार, साउन २६, २०८३

को हुन् प्रहरी भिडन्तमा मारिएका पौडेल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा विपल्व नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। लालबन्दी नगरपालिकाको वडा नम्बर १ स्थित लखनदेई नदी नजिक प्रहरीको गस्ती टोलीमाथि चार/पाँचजनाको समूहले आक्रमण गरेको र जबाफी कारबाहीमा जिल्ला इन्चार्ज कुमार पौडेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीको गोली लागेर मृत्यु भएका पौडेल सर्लाहीको बागमती नगरपालिका–२ धरहराका स्थायी बासिन्दा हुन्। विप्लव समूहमा लाग्नुअघि उनी चुरे भावर पार्टीसँग आबद्ध थिए। नेकपा माओवादी फुटेपछि उनी मोहन वैद्यसँग आबद्ध भए। नेत्रविक्रम चन्दले नेकपा गठन गरेपछि उनी सर्लाही जिल्ला इन्चार्जका रुपमा काम गर्दै आइरहेको बताइन्छ।

विप्लव नेतृत्वको माओवादीले सर्लाही जिल्लास्थित सागरनाथ वन क्षेत्र कब्जा गरेर सुकम्बासीलाई राखेका छन्। पौडेल नेतृत्वको नेकपा नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघिसमेत सुकुम्बासी वस्ती खाली गराउने विषयमा तनाव उत्पत्र भएको थियो। तनावका क्रममा प्रहरीले केही राउन्ड हवाई फायर गरे पनि मानवीय क्षति भने भएको थिएन्। सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी बनाइएको सुकम्बासी बस्ती खाली गराउने विषयमा तनाव भएको सर्लाहीका एक स्थानीयले बताए। पूर्वखेलाडीसमेत रहेका पौडेल हिम्मती र आँटिलो स्वभावको रहेको बताइन्छ।

विप्लव नेतृत्वको नेकपाले १६ जेठमा नेपाल बन्दको घोषणा गरेको दिन सर्लाहीको बागमती नगरपालिकासहित हरिपुर र ईश्वरपुर नगरपालिकामा बमसमेत राखेको थियो।

यसअघि विप्लव नेतृत्वको नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने चेतावनी दिएको थियो। पूर्वमाओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अनियमितता गरेकोलगायतका आरोप लगाउँदै जनताले कारबाही गर्ने भन्दै नेकपाले चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो। प्रहरीले विगत केहीदिन यता वागमती नगरपालिकामा सक्रियता बढाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।