मंगलबार, साउन २६, २०८३

बजेटपछि पहिलोपटक बढ्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – आगामी आर्थिक वर्षको लागि सरकारले बजेट प्रस्तुत गरेयता निरन्तर घटीरहेको सेयर बजार परिसूचक बिहीबार बढेको छ। 

यसदिन सेयर बजार परिसूचक ५.९० अंकले बढेर १२६४.३६ अंकमा अडिएको छ। बजारमा सुधार देखिए पनि कारोबार रकम भने ३७ करोड ५३ लाख रुपैयाँमै सीमित भएको छ। बिहीबार फाइनान्स, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधनको सूचक भने क्रमशः ०.३९, ७.६६ र १२.८८ अंकले घटेको छ। 

यसदिन शिवम् सिमेन्टको सबैभन्दा धेरै तीन करोड एक लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तैगरी धेरै कारोबार गर्ने कम्पनीहरुमा  एनसिसी बैंक, नेपाल बैंक प्रभू बैंक लगायतका रहेका छन्। 

गुराँस लघुवित्त र मल्टीपर्पस फाइनान्सका सेयरधनीले यसदिन धेरै कमाएका छन्। त्यस्तै यसदिन गुमाउनेहरुमा रिलायन्स फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्