मंगलबार, साउन २६, २०८३

सुन हालसम्मकै महंगो, तोलाको ६४ हजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च भएको छ। सुन बिहीबार तोलाको ६४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। 

२०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो। अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ६३ हजारमा कारोबार भएको थियो। एकदिनमा नै एक हजार रुपैयाँले बढेको घटना पनि यो पहिलो हो। 

सुनको मूल्य नेपालमा नभएर अन्तर्राष्ट्रिय स्तरमा निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य घटेमा नेपालमा पनि घट्ने र बढेमा नेपालमा पनि बढ्ने गरेको संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए। 

सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा पनि सुनलाई निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरिएको छ। पछिल्लो समयमा लगातार सुनको मूल्य बढेको छ। २० दिन यतामात्र सुनको मूल्यमा ४५ सय रुपैयाँले वृद्धि भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३८१ डलर पुगेको छ। शक्तिशाली मुलुकहरुबीच विवाद र र द्वन्द्व बढ्दा सुनको मुल्य सधै बढ्ने गरेको छ। अहिलेपनि पोर्चुगलले एक हजार अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरेसँगै तनाव उत्पन्न हुँदा सुनको मुल्य प्रभावित भएको शाक्यले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।