मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट नदिएको भन्दै सत्तारुढ सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग

बजेट नदिएको भन्दै सत्तारुढ सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संघीय संसदको प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेकी छन्।

प्रतिनिधिसभाका सांसदमध्ये प्रत्यक्ष निर्वाचित सांसदले निर्वाचन क्षेत्र विकास कोष कार्यक्रममार्फत् रकम पाएको र समानुपातिक सांसदले नपाएको भन्दै ‘असक्षम अर्थमन्त्री’ को राजीनामा माग गरेकी हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद गुरुङले संघीय संसदमा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदहरुलेसमेत प्रधानमन्त्री बन्ने अधिकार भएको स्मरण गराउँदै लाखा र पाखा गर्न नहुने दाबी गरिन्।

समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद गुरुङले प्रदेश नं. २ सरकारलेसमेत समानुपातिक सांसदहरुलाई डेढ करोड बजेट छुट्याएको उनको तर्क छ। सांसद गुरुङले समानुपातिक सांसदलाई बजेट नदिएकोमा विरोध गर्दै ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भएको टिप्पणी गरिन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।