काठमाडौं - मकाउमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन स्थापना भएको छ। पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आज मकाउमा नेपाली कांग्रेस निकट नेपालीले आयोजना गरेको एक कार्यक्रममा फाउन्डेसन उद्घाटन गरेकी हुन्।
फाउन्डेसनका एसिया प्यासिफिक संयोजक सुदर्शन थापामगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष एंव महाधिवेशन प्रतिनिधि चण्डी योगा, गैरआवासीय नेपाली संघ मकाउकी अध्यक्ष एंव महाधिवेशन प्रतिनिधि शान्ति अधिकारी, फाउन्डेसनका कार्यालय सचिव राम भण्डारीलगायत सहभागी थिए।
सभापति थापामगरले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति स्थापनामा गरिजाप्रसाद कोइरालाको योगदान रहेको बताए। उनले फाउन्डेसनको एसिया प्यासिफिक र मकाउले नेपालको खेलकुद, स्वास्थ्य र गरिब जनतालाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४