मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भन्छन् : बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर 

प्रचण्ड भन्छन् : बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पेस गरिएको आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्।

‘मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा कुनै निर्णय भइसकेको छैन, तर बजेट पारित भएपछि केही हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र मबीच छलफल भएको छ,’ पोखरामा पत्रकारसँग प्रचण्डले भने। 

उनले सरकार गठनको एक वर्षमै धेरै उपलब्धि खोज्न नमिल्ने बताए। प्रचण्डका अनुसार सरकार अझै संवैधानिक र कानुनी कामतर्फ बढी केन्द्रित छ। उनले अर्को प्रसंगमा पार्टी एकताका क्रममा भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई नभएको बताए। 

उनले भने, ‘पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अगाडि नै सार्वजनिक भइसकेको भए पनि अहिले विवादमा ल्याउन खोजिएको छ।’ अध्यक्ष प्रचण्डले गुठीसम्बन्धी विधेयकलाई सरोकारवालासँग परामर्श गरी अघि बढाइने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।