मंगलबार, साउन २६, २०८३

उपत्यकाबाट विप्लवका पाँच नेता पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– राजधानीका विभिन्न स्थानबाट प्रहरीले नेत्र विक्रम चन्द विप्लव समुहका पाँच नेतालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलिले उनीहरुलाई पक्राउ गरेको हो। 
 
पक्राउ पर्नेमा रामेछापका पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्यूरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठनका अध्यक्ष विशाल तामाङ रहेका छन्।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, चाबहिल र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट प्रहरीले पार्टीका पर्चा, पम्पेट बरामद गरेको छ। कुनै गोप्य दस्तावेज फेला नपरेपनि उनीहरुमाथि अनुसन्धान भैरहेको थापाले जानकारी दिए। स्थानीयको दिएको सूचनाको आधारमा महाशाखाले छापा मार्दा उनीहरु पक्राउ परेका हुन्।

प्रारम्भिक वयानमा उनीहरुले उपचारकोलागि काठमाडौं आएको बताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।