मंगलबार, साउन २६, २०८३

वीरगन्ज भन्सार : राजस्व असुलीको लक्ष्यमा विफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज- वीरगन्जमा रहेको दुईवटै मुख्य भन्सार कार्यालयले राजस्व असुलीको लक्ष्य भेट्टाउन पुनः चुकेका छन्। 

वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाहले चालू आर्थिक वर्षको पहिलो एघार महिनाको भन्सार राजस्व असुलीको लक्ष्य भेट्टाउन नसकेका हुन्।

अर्थ मन्त्रालयको कुल राजस्व असुलीको लक्ष्य निर्धारण र योगदानमा‌ ठूलो योगदान पुर्याउँदै आएको वीरगन्ज भन्सार कार्यालयले आवधिक लक्ष्यभन्दा करिब १३ प्रतिशत न्यून रकम राजस्व संकलन गरेको छ। 

यसैगरी सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य‌‌‌‌‌‌‌‌‌‌भन्दा‌ ९ प्रतिशत न्यून रकम संकलन गरेको छ।

वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिना अवधिमा एक खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरे पनि पूर्वनिर्धारित लक्ष्य भेट्टाउन चुकेको छ। भन्सार विभागले गत आर्थिक वर्षको तुलनामा २७ प्रतिशत बढी असुली गर्न वीरगन्ज भन्सार कार्यालयलाई वार्षिक लक्ष्य दिएको थियो।

सरकारी राजस्व असुलीको लक्ष्यमा वीरगन्ज भन्सारले झन्डै ४० प्रतिशत योगदान पुर्याउँदै आएको छ। 

चालु आवको जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ असुली गर्ने लक्ष्य पाए पनि ८७‍‌.६० प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको हो।

तर यो रकम गत आर्थिक वर्षको पहिलो ११ महिनाको तुलनामा भने झन्डै १७ अर्ब बढी हो। गत आवको जेठ मसान्तसम्ममा भन्सार कार्यालयले १ खर्ब १७ अर्ब १६ करोड २० लाख ३९ हजार राजस्व संकलन गरेको थियो।

वीरगन्ज भन्सारका सूचना अधिकारी मनीष महतोका अनुसार चालू आवमा भन्सार महसुलबाट ४८ अर्ब ७ करोड ५३ लाख ८४ हजार रुपैयाँ,  मूल्य अभिवृद्धि करबाट ५६ अर्ब ८ करोड ७१ लाख ५४ हजार सङ्कलन भएको छ। 

यस्तै अन्तःशुल्कबाट २२ अर्ब ९ करोड १६ लाख ७१ हजार र पूर्वाधार करतबाट ६ अर्ब २२ करोड ३४ लाख ४२ हजार, अग्रिम आयकरतरबाट ६ करोड ६८ लाख ६१ हजार तथा स्वास्थ्य जोखिम करबाट १ करोड ४२ लाख २२ हजार रुपैयाँ संकलन गरेको छ।

यता सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवमा जेठ मसान्तसम्ममा २९ अर्ब ४६ करोड ७८ लाख ३२ हजार राजस्व असुली गरेको छ। यो लक्ष्यको ९०.७१ प्रतिशत हो।

यो भन्सार कार्यालयले ३२ अर्ब ४८ करोड ५३ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य पाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्