मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनापतिको चीन यात्रा : साढे दुई अर्बको सैन्य सहयोगमा हस्ताक्षर 

सेनापतिको चीन यात्रा : साढे दुई अर्बको सैन्य सहयोगमा हस्ताक्षर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चीनले नेपाली सेनालाई १५० मिलियन आरएमबी बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा सैन्य सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। हालै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका बेला मानवीय सहायता र विपद् व्यवस्थापनको निम्ति चीनले अढाई अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको थियो। 

चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्र्तगत यो सहयोग प्रदान  हुन लागेको हो ।  

१५० मिलियन आरएमबी बराबरको सहयोगअन्तरगत  हेवि मेकानिकल व्रिज,एक्सप्लोसिभ ओर्डेनेन्श डिसपोजल, इन्जिनियरिङ्ग सामाग्री र रेसक्यु किट तथा विभिन्न प्रकारका सवारी साधनहरु छन् । त्यसम्बन्धी  सम्बन्धीको प्रोटोकल सम्झौतामा प्रधानसेनापतिले बुधवार बेइजिङ्गमा हस्ताक्षर गरेका छन् । 

अघिल्ला वर्षमा चीनले १० करोड चिनियाँ युआन बराबरको सहयोग गरेकोमा यसलाई ५० प्रतिशतले बढाएर १५ करोड युआन अर्थात् झण्डै दुई अरब ५० करोड रूपैयाँ पुर्‍याएको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले यो सम्झौता नेपाल र चीनबीचको सैन्य सहकार्यमा महत्वपूर्ण खुड्किलो भएको नेपाल समयसँग बताए । प्रधानसेनापतिको भ्रमणले दुईबीचको साझेदारी अझै बलियो हुने पनि उनले बताए । 

चीनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार १ गतेदेखि चीन भ्रमणमा रहेका प्रधानसेनापति थापाले बुधवार क्रममा बेइजिङ्गमा चिनियां सेनाका चिफ अफ जोइन्ट स्टाफ एवंम् केन्द्रिय सैनिक आयोजका सदस्य जनरल ली जुछेङ्गसंग भेटवार्ता गरेका थिए । 

यसअघि चिनियां जनमुक्ति सेनाको सैन्य हेडक्वार्टरमा प्रधानसेनापतिको सम्मानमा चिनियां जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापाले बेइजिङ्गस्थित चीनियां जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेका थिए । सेनापति असार ७ गते काठमाडौं फर्कने कार्यक्रम छ । 

पछिल्लो समय चीनले नेपाली सेनाको तालिम, शिक्षा, संचारलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग उपलबध गराउँदै आएको छ । दुई देशबीचको सैन्य सम्बन्ध र सहकार्यले पछिल्लो समय तीव्रता पाएको छ ।  

सन् २०१७  देनि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हु्ँदै आएको छ । सगरमाथा फ्रेण्डशिप नामको तालिम दोस्रो पटक  सन् २०१८ को सेप्टेम्बरमा चीनमा भएको थियो। अब यही साउन महिनामा नेपालमा तेस्रो तालिम गर्ने तयारी छ।

राजेन्द्र क्षेत्री प्रधानसेनापति भएका बेला सुरू भएको त्यो फ्रेन्डशिपु तालिमले दुई देशबीचको सैन्य सम्बन्धलाई नयाँ उचाइ दिएको ठानिन्छ। खासगरी  प्राकृतिक विपद् र प्रतिआतङ्कवाद लगायतका विषयमा अनुभव र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले संयुक्त अभ्यास सुरु गरिएको सेनाले बताउँदै आएको छ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।