मंगलबार, साउन २६, २०८३

जनकपुरमा ९ वटा ग्यास सिलिण्डर विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जनकपुरस्थित एक होटलमा एकाबिहानै आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट हुँदा तीन होटल जलेर पूर्णरुपमा नष्ट भएको छ ।

बिहिबार बिहान करिब तीनबजे सिलिण्डर विस्फोट हुँदा जनकपुरको कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार, सियाराम मिष्ठान भण्डार र एक अन्य होटल गरी तीनवटा भोजनालय जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीनवटा होटल जलेर नष्ट हुँदा ५० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एउटा होटलमा आगलगी भएर एकै ठाउँमा राखिएका ९ वटा ग्यास सिलिण्डरहरु श्रृंखलाबद्ध विस्फोट हुँदा ठुलो आवाज सुनिएको स्थानीयहरुले बताएका छन् । होटलभित्र राखिएको फ्रिजमा विद्युत सर्ट भइ आगलगि भएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।

ग्यास सिलिण्डर विस्फोटमा भौतिक क्षति भएपनि मानवीय क्षति नभएको खनालको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

बिहान सबैजना सुतिरहेको बेला एक्कासी ठुलो आवाजसहित आगोको मुस्लो देखिएको थियो । स्थानीयहरुका अनुसार आगोको ठुलो मुस्लो देखिनुका साथै चर्को आवाज सुनिएको थियो । वरपरका सर्वसाधारण उठेर घटनास्थलतर्फ पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।