मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनआन्दोलन बिर्साउने जनसागर, त्रिविमा गोल्ड मेडल नै किनबेच

जनआन्दोलन बिर्साउने जनसागर, त्रिविमा गोल्ड मेडल नै किनबेच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले गुठी विधेयकको विरोधमा राजधानीमा भएको विशाल प्रदर्शनलाई मुख्य समाचार बनाएका छन् । 

सरकारले विधेयक फिर्ता लिएपनि खारेजीको माग गर्दै गुठीसँग सम्बन्धीत व्यक्तिहरुले जनआन्दोलन विर्साउने गरि काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र सञ्चार मन्त्री गोकुल बाँस्कोटाको राजीनामासमेत मागेका छन् । उनीहरुले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । गुठी जोगाउन उर्लिएको जनसागरले सिंहदरवारलाई ठूलै झट्का दिएको पत्रपत्रिकाले लेखेका छन्।

यसै विषयलाई मुख्य समाचार बनाउँदै नागरिक दैनिकले गुठीका पक्षमा जनसागर शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले उर्लियो जनसागर शीर्षकमा खबर छापेको छ ।

कान्तिपुर दैनिकले विशाल प्रदर्शनको फोटोलाई विशेष महत्वका साथ छाप्दै गुठी जोगाउन जनसागर शीर्षकमा क्याप्सन लेखेको छ । नयाँ पत्रिकाले गुठी विधेयक फिर्ता भए पनि प्रदर्शन शीर्षकमा खबर छापेको छ । 

प्रदर्शनको विषय बाहेक आजको नयाँ पत्रिकाले त्रिभुवन विश्विद्यालयमा गोल्ड मेडल नै किनबेच भएको खुलासा गर्दै मुख्य समाचार छापेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको समाचारमा उल्लेख छ ।
 
परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् ।

आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । तर, विस्तृत विवरण आफूलाई जानकारी नभएको उनको भनाइ छ । 

स्रोतका अनुसार गोल्ड मेडल पाउने गरी उच्च अंक थप्न करिब पाँच लाख रुपैयाँ लेनदेन भएको छ । पनिकाका अन्य कर्मचारीमाथि समेत अनुसन्धान अघि बढाइएको समाचारमा जनाइएको छ ।

आजको अन्नपूर्णले वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। 

धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइको कारणले पनि मृत्यु हुने गरेको समाचारमा उल्लेख छ । 

राजधानमीमा सञ्चालित बाल मन्दिर टहराको भरमा चलेको विषयलाई कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । बस्ने ठाउँ गतिलो नहुँदा बाल मन्दिरमा बस्दै आएकी ६ महिनाकी बालिकाको मृत्यु भएको समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।