मंगलबार, साउन २६, २०८३

सुनकोशीमा माछा मार्न गएका दुई बेपता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

उदयपुर- जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक बुधबार नदीले बगाएर बेपत्ता भएका छन्। 

बेपत्ताहुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रवीण राई रहेका छन्। दुबैजना बुधबार बिहान १० बजे सुनकोशी नदीमा माछा मार्न गएका थिए। 

उनीहरुको खोजीकार्य भइरहेको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राईले बताए।

नदीमा बेपत्ता भएका दुबै युवकको खोजीका लागि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने खोटाङ र धनकुटास्थित सुनकोशी नदी क्षेत्रका प्रहरीलाई पनि बेपत्ता युवकको खोजीका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए।

गाउँपालिकाकी उपाध्यक्ष राईका अनुसार बेपता हुने देवकुमार बुतुवा माध्यमिक विद्यालयबाट एसइई दिएर बसेको र अर्का प्रवीण कक्षा ९ मा अध्ययनरत विद्यार्थी छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।