तापलहरका कारण भारतको विहार राज्यमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ। विगत चारदिन यता भारतको उत्तरी राज्यहरु उत्तर प्रदेश, विहार, तथा पश्चिम बंगाल राज्यमा हालसम्मकै उच्च तापमान रेकर्ड गरिएको अधिकारीहरुले जनाएका छन्।
चिनियाँ राजधानी बेइजिङमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल नामले चिनिने उक्त विमानस्थल सञ्चालनमा आएपछि पूर्वोत्तर एसियाकै हवाई यातायातमा ठूलो राहत पुग्ने विज्ञहरुले बताएका छन्।
भेनेजुयलामा विपक्षी दलका नेता हुँवा ग्वाइदोलाई भ्रष्टाचारको आरोपमा कारबाही गर्ने बताइएको छ। भेनेजुयलाको राजनीतिक अस्थिरतालाई जन्म दिने ग्वाइदो र उनका सहयोगीलाई आफ्नो अख्तियार दुरुपयोग गरि आर्थिक अपचलन गरेको आरोपमा त्यहाँको प्रशासनले अनुसन्धान गरि कारबाही गर्न सकिने बताएको छ।
इरानले आणविक सम्झौता ६० दिनभित्र समाप्त हुने बताएको छ। सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताले विश्वभर अणुअस्त्रको अपचलन नहुने कुरामा विश्वस्त बन्ने परिस्थिति सिर्जना भएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट आत झिकेपछि विश्वव्यापी रुपमा अमेरिकाको आलोचना भएको छ।
सन् २०१४ मा क्षेप्यास्त्रद्वारा खसालिएको मलेसिया एयरलाइन्सको कलसाइन एमएच १७ को अवशेष अध्ययनपछि चार जनालाई आरोपित ठह¥याइएको छ। ति मध्ये तीन जना रसियाली र एकजना युक्रेनी नागरिक भएको बताइएको छ। उक्त घटनामा चालकदलका सदस्यसहित २ सय ९८ जनाको हत्या भएको थियो।
अष्ट्रेलियाको एक अदालतले विर्यदाता नै पिता हो भन्ने कुराको घोषणा गरिदिएको छ।
बंगलादेशी तथा चिनियाँ कामदारहरु एउटा परियोजनाको निर्माणका क्रममा मुठभेडमा उत्रिएका छन्। प्रहरीका अनुसार झन्डै एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर उक्त घटनालाई नियन्त्रणमा लिइएको थियो।
अमेरिका र चीनबीच जारी व्यापार युद्धबारे जी २० को शिखर सम्मेलन अगावै ट्रम्प र सिले भेटवार्ता गर्ने अधिकारीहरुले बताएका छन्। आफ्नो ट्वीटमा प्रक्रिया अत्यन्तै सकरात्मक हुँदै गएको राष्ट्रपति ट्रम्पले बताएका छन्।
राष्ट्रसंघका एक विज्ञले साउदी नागरिक एवं न्यूयोर्क टाइम्सका पत्रकार जमाल खाशोगजीको हत्यामा साउदी राजकुमार जोडिन पुगेको बताएका छन्। उनका अनुसार साउदी सरकारका उच्च पदस्थ अधिकारीहरुले जमालको हत्याबारे अनुसन्धान गर्न असहयोग गरेका कारण पनि धेरै कुराहरु प्रष्ट हुँदे आएको छ ।
भारतीय राज्य महाराष्ट्रको उच्च न्यायालयले 'जीहाद' भन्ने शब्द उच्चारण गर्दैमा कोहीपनि आतंकवादी नहुने बताएको छ। तीन जना संदिग्ध व्यक्तिहरुलाई जबरजस्ती आतंकवादीको विल्ला भिडाएर कारागार चलान गर्ने दुष्प्रयास भइरहेको थाहा पाएपछि तिनलाई ससम्मान रिहा गर्दै यस्तो घोषणा गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...